प्रधानमन्त्रीको सम्पत्ति कति?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन्द्रको बैंक मौज्दात १ करोड ४६ लाख रहेको छ।
उक्त रकम प्राप्तिको स्रोतमा शाहले फेसबुक, युट्युव, टिकटकलगायतका सामाजिक सञ्जाल रहेको उल्लेख गरेका छन्।
उनको सम्पत्ति विवरणमा पत्नी सविनाको १९० तोला सुन रहेको उल्लेख छ। सुन प्राप्तिको स्रोत पैतृक रहेको उनले उल्लेख गरेका छन् ।
शाहले माता ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा देखाएका छन्। उनले पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment