चर्चित मोडल सुशान्त धोकामा अहिलेसम्मकै भिन्न अवतारमा देखा परे, भिडियोको चर्चा

डिसी नेपाल
१ वैशाख २०८३ ११:३३
140
Shares

काठमाडौँ । गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडियो रिलिज गरिएको छ। सुशान्त ढकाल र स्मारिका ढकालको अभिनय रहेको गीतमा प्रेममा हुने धोका र त्यसपछि लिइने बदलाको भावलाई देखाइएको छ।

भिडियोमा मोडल सुशान्त र स्मारिकाको बेजोड अभिनय देख्न सकिन्छ। भिडियोमा सुशान्त हल्का मोटा र भिलेनको भूमिकामा देखिएका छन्। अन्य समयमा स्लिम र फिट देखिँदै आएका सुशान्त यही गीतकै लागि भनेर उनले तौल बढाएको बताए।

प्रेममा हुने धोका र त्यसपछि लिइने बदलालाको कथालाई रोचक बनाउन स्मारिकालाई डबल रोलमा देखाइएको निर्देशक केशवराज भट्टले बताए। निर्देशक भट्टले आफ्ना अन्य गीतमा भन्दा यो गीतमा निकै नै मेहेनत गरेको देखिन्छ।

मोडल सुशान्तले निधारैमा टिकी, दिलमाया, तिम्रो माया, एक चोटी त बोलीदेउ, लगायत ४ दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् । निकै नै कम मात्रामा छानेर मात्रै अभिनय गर्ने सुशान्त बलिउड गीत तुजमे खोया तुजमे पायामा काम गरेपछि निकै उत्साहित देखिन्छन् ।

सुशान्तले बलिउड गायक सोनु मिश्रको स्वर रहेको गीतमा पनि अभिनय गरेका छन् । उक्त गीतको भिडियोको नेपालमा प्रिमियर गरिएको थियो । धोकाका शब्द सिर्जना विष्णु भण्डारीका हुन् भने संगीत लोकप्रिय संगीतकार सरोज पोखरेललेको रहेको छ ।

दिवेश राईको एरेन्ज, मिक्सिगं मास्टरिगं रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ । भिडियो संगीतकार सरोज पोखरेलको अफिसियल च्यानल सरोज पोखरेलबाट बजारमा आएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *