खाल्डोको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु

डिसी नेपाल
३ वैशाख २०८३ १७:१०
432
Shares

बझाङ । बझाङमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ।

बित्थडचिर गाउँपालिका–१ को माथिल्लो बित्थडमा शुक्रबार खाल्डोमा जमेको पानीमा डुबेर दुई बालबालिकाको ज्यान गएको हो।

प्रहरीका अनुसार स्थानीय गगन बोहराका ५ वर्षीय छोरा जेनिस र सन्तोश बोहराकी ६ वर्षीया छोरी प्रिन्साको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले दुवै जना छिमेकीको घर नजिकै शौचालय निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा दिउँसो सवा २ बजे मृत भेटिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *