पहिलो सुरुङ मार्ग ४२ महिना भित्र निर्माण सकिने

डिसी नेपाल
६ असोज २०७६ १८:०५

काठमाडौ। बहुप्रतिक्षित नागढुंगा सुरुङ मार्ग निर्माणको ठेक्का सम्झौंता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पाेरेशन’बीच ठेक्का सम्झौंता भएको हो ।

४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ । ठेक्का सम्झौंतामा सो सुरुङ मार्ग निर्माणका लागि १३ अर्व ५० करोड लाग्ने उल्लेख गरिएको छ । जापान सरकारले ४० वर्ष भित्र तीर्ने गरी सो सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *