परराष्ट्र मन्त्री खनाल र फ्रान्सेली राजदूत कोर्तेवालबीच शिष्टाचार भेटवार्ता

डिसी नेपाल
७ वैशाख २०८३ १५:०४

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्तेवालबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल-फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ।

मन्त्रालयका अनुसार विशेषगरी पर्यटन, लगानी तथा जलवायु परिवर्तन र हिमाली पर्यावरणका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *