कांग्रेस संसदीय दलको नेता छान्न ११ गते मतदान

डिसी नेपाल
७ वैशाख २०८३ १८:१७

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुने भएको छ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसले यही ११ वैशाखमा निर्वाचन हुने जनाएको छ।

निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जनाएको हो।

समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका तय गरिएको जानकारी गराएको छ।

दलको नेता छान्नका लागि १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने र उम्मेदवारहरूको अन्तिम नामावली भने ११ गते दिउँसो साढे ३ बजे गरिने कार्यतालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *