वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
सांकेतीक फाेटाे-
काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० ठेगाना भएकी ४६ वर्षीय विमला थापालाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
थापालाई जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment