रविलाई रक्षाको प्रश्न-सुकुम्बासी बस्तीमा भोलि छाती थाप्न आउनुहुन्छ नि?
काठमाडौं । जेनजी अगुवा रक्षा बमले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सुकुम्बासी बस्तीमा भोलि छाती थाप्न आउनुहुन्छ नि? भन्दै प्रश्न गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् उक्त प्रश्न गरेकी हुन्।
उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति निराशा व्यक्त गर्दै सुकुम्बासीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको आरोप लगाएकी छन्।
‘तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्ने आवाज आइरहेको छ। उनले वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी समुदाय अहिले त्रासमा रहेको उल्लेख गर्दै पार्टी सभापति लामिछानेलाई प्रत्यक्ष रूपमा बस्तीमै आएर कुरा गर्न चुनौती दिएकी छन्,’ उनले प्रश्न गरेकी छन्, ‘आज सुकुम्बासी बस्ती आतंकित छ, सभापति ज्यू-सिधा कुरा सुकुम्बासीसँग कहिले गर्नुहुन्छ?’







डिसी नेपाल







Facebook Comment