मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सिराहा । मोटरसाइकलको ठक्करबाट सिरहामा एक जनाको ज्यान गएको छ।
नरहा गाउँपालिका-३ खोरीया टोलस्थित सडकमा सिराहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२-०१-००३ प ७६९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मो.देलालकी छोरी ५ वर्षीया खजिजा खातुनको बिहीबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको बर्धमान अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment