इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
काठमाडौं। इरानी विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन्।
यस भ्रमणलाई तेहरान र वासिङ्टनबीचको तनाव कम गरी संवाद सुरु गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र वरिष्ठ सल्लाहकार जारेड कुश्नरलाई इरानसँग सम्बन्धित वार्ताका लागि पाकिस्तान पठाउने निर्णय गरेसँगै अराघची इस्लामावाद पुगेका हुन्।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानी पक्षले प्रत्यक्ष वार्ता गर्न इच्छा देखाएपछि अमेरिकी टोली पठाउन लागिएको जानकारी दिइन्।
आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख जनरल असिम मुनिरसँग भेटघाट गर्ने कार्यक्रम छ। पाकिस्तानको भ्रमण सकेपछि उनी क्षेत्रीय भ्रमणकै सिलसिलामा ओमान र रुस प्रस्थान गर्नेछन्।
अमेरिकाले यस वार्ताबाट सकारात्मक नतिजा निस्कने आशा व्यक्त गरेको छ भने आवश्यकता परेमा अमेरिकी उपराष्ट्रपति पनि भ्रमणमा जान सक्ने बताइएको छ।







डिसी नेपाल







Facebook Comment