दशैँको मुखैमा तातोपानी नाका १० दिन बन्द हुने
चौतारा । अविरल वर्षाले तिब्बतको खासा बजारनजिकै रहेको रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ।
सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठरदश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए । सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।
यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करीब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ। भेडाच्याङ्ग्रा लिन सात/आठ टोली तिब्बत गइसकेकाले अबको तीन चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment