शिक्षामा बेलाको बोली सार्वजनिक

डिसी नेपाल
१३ वैशाख २०८३ १७:४६

काठमाडौं । प्रा. डा. विद्यानाथ कोइराद्वारा लिखित पुस्तक शिक्षमा बेलाको बोली लोर्कापण सम्पन्न भएको छ।

त्रिभुवन विश्व विद्यालयमा शिक्षा शास्त्रका डिन डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्व सचिव डा. हरि लम्साल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।

लोकार्पण सँगै पुस्तकमाथि अन्तरक्रिया गरिएको थियो। शिक्षा शास्त्रका डिन वेदराज आचार्यले पुस्तकले शिक्षा क्षेत्रमा कार्य गर्नका लागि र शिक्षामा सुधार गर्नुपर्ने कार्यहरू कसरी गर्न सकिन्छ भनेर धेरै नै सकारात्मक क्षेत्रको जानकारी दिएको बताए।

यसै गरी पूर्व सचिव डा. लम्सालले यो पुस्तकले शिक्षा क्षेत्रमा नीति निर्माण गर्न, कार्य योजना बनाउने लगायत शिक्षा क्षेत्रका सबैका लागि अति नै उपयोगी भएको बताए।

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक रुपा मुनाकर्मीले किताबले शिक्षा क्षेत्रमा भएका अवसर चुनौतीमाथि प्रश्न गर्दै समाधानका विकल्प पनि दिएकी थिइन्। किताबले प्रश्न सोध्न नै प्रश्नको उत्तर दिने सबैको लागि रहेको छ।

नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यानाथ सरसित केही असहमति भए पनि किताबले शिक्षकसितको दूरी कम गरेको बताए। किताबमा आइतबारे बिदा, कसले जिम्मा लिए शिक्षा सुध्रेला, विदेशिने युवा कसरी रोक्ने जस्ता समसामयिक लेखहरूको संकलन छ। योगेश ढकालले सञ्चाल गरेको कार्यक्रम शिखा बुक्सद्वारा आयोजना गरिएको थियो। किताबको मूल्य ९९५ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *