सांसद पोखरेलको ‘थर्काइ’ र विद्यालयको ‘स्पष्टीकरण’, आखिर के भएको थियो त्यस दिन ?

डिसी नेपाल
१५ वैशाख २०८३ १४:३९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल र ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरबीचको विवादले अहिले राजनीतिक र सामाजिक वृत्तमा नयाँ मोड लिएको छ।

गेटमा स्वागत गर्न नआएको झोँकमा सांसदले प्रअलाई ‘थर्काएको’ भिडिओ भाइरल भएपछि अन्ततः विद्यालय प्रशासनले औपचारिक विज्ञप्ति जारी गर्दै यथार्थ सार्वजनिक गरेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा सांसद पोखरेलले आफूलाई स्वागत गर्न गेटसम्म नआएको भन्दै प्रधानाध्यापकमाथि आक्रोश पोखेका थिए।

जनस्तरमा यसको चर्को आलोचना भएपछि सांसद पोखरेलले आफ्नो गल्ती महसुस गर्दै माफी मागिसकेका छन्। तर, विद्यालयले आज जारी गरेको विज्ञप्तिले घटनाको अर्को पाटो देखाएको छ।

विद्यालयका अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रअ सन्तबहादुर मगरद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ “माननीय सांसद पूर्व जानकारी अनुसार नै विद्यालयको शैक्षिक अवस्था बुझ्न आउनुभएको थियो। त्यतिबेला प्रअ मगर विद्यालयका समस्या र आवश्यक मागहरू बुझाउने तयारीका लागि आफ्नै कार्यकक्षमा व्यस्त हुनुहुन्थ्यो।”

विज्ञप्तिका अनुसार, मागपत्र तयार पार्न व्यस्त भएकाले प्रअ बाहिर निस्कन केही मिनेट ढिला भएको थियो। हतार-हतार बाहिर निस्कँदा सांसद पोखरेल आक्रोशित हुँदै त्यहाँबाट हिँडिसकेको जानकारी विद्यालयले दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *