बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति

डिसी नेपाल
१६ वैशाख २०८३ १७:२७

बाजुरा। बाजुरामा हावाहुरी सहित चट्याङ र असिना पानी परेको छ। यहाँका ९ वटै स्थानीय तहमा तीव्र वेगमा हावासहित चट्याङ असिना पानी परेको हो।मौसममा आएको बदली सँगै तीव्र वेगमा हावाहुरी चल्दा यहाँको जनजीवन प्रभावित बनेको हो।

हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटर लगायतको तरकारी बाली सखाप परेको हो। मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पु¥याएपछि किसान चिन्तित बनेका छन्।

असिनाले हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल खेतीमा ठुलो क्षति भएको बडिमालिका-७ ढम्कनेका स्थानीय हरिकृष्ण वोहराले बताए। बाजुरामा वर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर पुर्याउने गरेको उनले जानकारी दिए।असिना हिउँ गहुँ,जौ लगायत तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाजुरामा हिजो बेलुकी मात्रै परेको असिना पानी र चट्याङले पशु चौपायामा क्षति पुर्‍याएको छ। विभिन्न ठाउँमा १६ भेडा बाख्रा मरेका हुन्। भने ३८ भेडा बाख्रा हराएका छन्। त्यस्तै हावाहुरीले घरहरूमा समेत क्षति पु¥याएको हो। बाजुरामा बर्षेनी विगतजन्य घटनाबाट ठुलो क्षति हुने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *