कविता : ऐनामा देखेको सपना
ऐनामा देखेको सपना पुछ्दा सब टुटी गयो
माया प्रिती रही रह्यो तर सबै अधुरो रह्यो
खाली मन मनको प्रेम दियो झैं बली रह्यो
आशा उमंगका सबै तार बिस्तारै टुटी गयो
कुनै घटनाले जन्मेछु जन्मी हुर्की बढी गएँ
सबैको मायाको संसारमा बिपनामै भुली गएँ
आशा उमंग बढ्दै गो प्रेमको फूल फूल्दै गयो
मनको ठूलो रंगिन पर्दामा सुबास छर्दै रह्यो
झुठो माया झुठो प्रिती भन्ने त छँदै थियो
तैपनि मायाको सुनको पिँजडामा फस्दै गयो
गाँठो प्रेम बन्धनको नबनेको कहाँ छ र
यो प्रेम बन्धनको संसारमा नझुकेको को छ र
रोएको मनको आँसुले ऐना धोएको छु सधैंभरि
सम्झनाको मखमले रुमालले पुछेकोछु सधैंभरी
मनको बगैंचामा फूल खेलिरहेको छ सधैं भरी
टिप्न चाहन्न कुनै फूल एक एक गरी घरिघरी
राखेको छु मनमा माया तिम्रो यादमा सधैंभरी
बाँचेको छु यो जीवनमा तिम्रो लागि अघि अघि
भ्रम नै हो भनेदेखि ऐना पुछि हेर्छु सधैंभरि
तिम्रै नाममा प्रेम गित गाउँछु सारा जीवनभरी
नाता छैन कुनै मेरो जन्मेदेखि कुनैपनि
आखिर प्रेम भै गयो फेरि जाहाँ जाँदापनि
रोकेर रोकिन्न यो प्रेम फूल धेरै सुकीसक्यो
आँखाबाट आँसुका धारा धेरै धेरै बगिसक्यो
को कस्की थियौ पहिले आज मेरो भई सक्यौ
कतै नहेर अब तिमी अब मेरो बनी सक्यौ
प्रेममा बिटुलो क्यै हुन्न सदा यो छ अमर
समाजले के भन्लान् भन्ने त्यसको सुर्ता नगर
बिटुलोको के कुरा गर्छौ शुद्ध यहाँ को छ र
सितापनि यहाँ बिटुलो भइन यहाँ भन्नु नै के छ र
आँखाको के भरोशा छ र तिमी नै हौ कि अरु कोही
तिमी नै हौ भने फेरि किन खोजने अरु कोही
जीवनको के भरोशा छ र आज हो कि भोलि हो
तिम्रो जीवनपनि यस्तै हो भोलि हो कि आज हो
अब सपनामा होइन आऊ बिपनामा आऊ यसैगरी
दुई दिनको जिन्दगीमा हांसी खेलौं बसौं सधैंभरी
आडम्बर र समर्पण
आडम्बरले मानिसलाई कालो कलंक बनाउँछ
समर्पणले मानिसलाई ईश्वर नजिक पुर्याउँछ
ज्ञानले भरिएको मानिस नझुकेको कहाँ छर
आडम्बरको ठुलो मानिस निहुरेको कहाँ छ र
घमण्डको तेजले मानिश अन्धो झैं बन्दछ
क्रुर श्वभाबले मानिस कंश झैं मर्नु पर्दछ
संसारमा को छ त्यो? आडम्बरले ठूलो हुने
समर्पणले गर्दा को छ त्यो सानो हुने
छोड आडमम्बरको बुद्धि नबन दुर्योधन
लेउ अर्जुनको बुद्धि गर्छन् सधैं समर्पण
आडम्बरले गर्दा आँखाले देख्दैन केहीपनि
सबै बुद्धिपनि डढ्छ आगोलागे सरी पनि
जीवन के हो नबुझ्नेले आडम्बरी बन्दछन्
दुईहात खुट्टा मात्र चल्नाले पशुझैं बन्दछन्
बलै हो पशुको एउटा बुद्धि नहुने सधैं
समर्पण उ मा हुन्नन् बिबेक नहुने सधैं
ध्यान बिबेक आचार हुन्न आडम्बरीको कुनै
बाँचे पनि उसले गर्दैन राम्रो अरु जुनै
समर्पणमा सबैको ज्ञान बुद्धि फल्दछ
यसैले नै उसलाई सबै सुखभोग मिल्दछ
छोड आडम्बरको कर्म समर्पण गरौँ सबै
समर्पण जीवन हो यसमानै छ शान्ति खुबै
घमण्ड मनको ज्वालाले आगो दन्दनी बल्दछ
आडम्बरले नै मानिसलाई भित्र भित्रै डढाउँछ
ज्ञानीमा ठूलो बन्नु छ भने समर्पण हुने गर
ईश्वरको नगिच पुग्नु छ भने घमण्ड तोड्ने गर
म खाउँ मै लाउँ भनी भन्ने सबै मनहरु
अध्याँरो रातमा भटकिने ती आत्मा हुन् जनहरु
ईश्वरले बनाएको मानिस र कलाकारले बनाएको ईश्वरको मुर्ति
ईश्वरको मुर्ति बनाउने कलाकार एकदिन भन्छ:
“हे ईश्वर तिमीपनि कलाकार हौ र म पनि
कलाकार हुँ”।
तिमीले मजस्तो असंख्य मानिसहरु बनाएर धर्तीमा पठायौ
र मैले तिमीजस्तो ईश्वरको मुर्तिहरु कति बनाएर बेचें।
तर त्यस बखत मलाइ एकदम शरम र लाज लाग्छ
जब तिमीले बनाएका मानिस आपस आपसमा लड्छन्
भने मैले बनाएको मुर्तिहरुमा सबैले ढोग र नमन गर्छन्।
यो यति गहिरो कुरा छ कि मैले बनाएको मुर्तिमा ढोग त
गर्न जान्छन् तर हामीलाई जसले बनाए ती
माता पितालाई ढोग्न हामी बिर्सीरहेका हुन्छौं।
तसर्थ शिक्षा भन्दा पहिले संस्कार लिने गर र
ब्यापार भन्दा पहिले ब्यबहार सिक्ने गर
र, भगवानलाई भन्दा पहिले मातापितालाई दिनहुँ
पुज्ने गर र भगवान भन्दा पहिलो दर्जामा राख्न सके
संसारमा त्यो मानिसको हरेक कठिनाई टाढा रहन्छ।















Facebook Comment