कविताः बालेन शाहको सरकार

शंकरप्रसाद रिजाल
१२ वैशाख २०८३ ७:५५

आयो बालेन शाहको सरकार घोडा दौडाइकन
सबै पुराना नेताहरु बसे कोठामा मुख लुकाइकन
तीसौं बर्ष गरे राज्यको दोहन जनता झुक्याइकन
आज सबै ढले शक्तिले उत्तानो परी परीकन

राणाले जसरी गरे शासन दुरुस्त यिनीहरुलेपनि
तीसै बर्षमा यिनीहरुको ढले पत्तासाफ भइकन
प्रजातन्त्र भनी हिँडे कुशासन गरीगरीकन
भित्र भित्र बोरामा बोरा सम्पत्ति लुकाइकन

उन्माद थियो तिनमा आडम्बर र घमण्ड थियो
“म नै हुँ” भन्ने ठूलो दम्भ थियो ती शासकमा
कुरे जनताले लाखाैं दिन दिन सप्रेला कि भनी
तर आएन त्यो दिन कुरे जनताले चुपो लागेपनि

चुपो लागी हेरेका थिए बालेन शाहले नगरप्रमुखमा
भाषण शासन कुनै गरेनन् तीन वर्षको कार्यकालमा
घैंटो घमण्डको फुट्दै जेनजीको आन्दोलन नै चर्कियो
सयौं युवाहरु सहिद भए छिन भरमा भयानक भयो

सबै घमण्ड नेताको दुइ दिनमै सखाप भयो
भागा भाग भए सबै नेता देश सुनसान बनी गयो
हा राम हा राम भन्दै नेताहरु दुलो भित्र पसी गए
अन्तरिम सरकार बनी शुसीला प्रधानमन्त्री भए

प्रतिनिधि सभा बिगठन गरी चुनाबको घोषणा भयो
आए बालेन शाह चुनाबमा लड्न झापामा मतदान भो
जिते पचास हजार बढी मत ल्याइ केपी ओलीलाई हराउँदै
फर्के राजधानीमा झापा बाघ केपी ओलीलाई गिज्याउँदै

राश्वपा घण्टीको चिन्हले ल्यायो मत बढारदै
बालेन शाह बन्ने भए प्रधानमन्त्री सबैलाई आश्चर्य गर्दै
देसमा के भयो कुन्नि व्यवस्थाकाे मोडनै फेरियो
सबै जवान युवकले सत्ता शासन चलाउने भयो

अब फेरिन्छ कि देशको मुहार छक्क पारने गरी
भ्रस्टाचारको दोहाेलो काटी नेता सब तरसाउने गरी
सबैको मुखमा बालेन बालेन शाह नै रह्यो
यी बालेन शाह कस्ता हुन् कसैले नचिन्ने भयो

कस्तो हुन्छ यिनको शासन हेर्न यो बाँकी छ
नेपालको समृद्धि हुन अझ कतिको बर्ष लाग्दछ
नेपालको समृद्धि हुन् अझ कतिको बर्ष लाग्दछ।

छलकपट

छलकपट जीवनको एक चालबाजी हो
कपटको जीवनमा रंगिएको समय हो
सच्चाइको खोजमा भड्किएको जीवन हो
भित्र आफैं भित्र छटपटाएको प्रेतात्मा हो

छलकपट मुखमा मिठो बोली मनमा बिष हो
मुखमा राम राम हो भने बगलीमा छुरा हो
छलकपटले बाहिरि जीवनमा चहलपहल ल्याउँछ
कपटको रंगमा रंगिएको चालले भित्र चिन्ता गराउँछ

छलकपटको चालमा सच्चाइको शक्ति हराउँछ
कपटको जितमा जीवनको जीत र साथ हराउँछ
असल कामको जन्म नभई खराब नियत देखाउँछ
मुखमा राम राम जे भएपनि भित्र कपटता देखाउँछ

कपटता मनको बुद्धि मुर्ख बुद्धिको चाल हो
यसको जीत कहिले हुन्न यो मुर्खको कपट हो
राम्रो मनको भाबमा फूल मरुभूमिमापनि फुल्दछ
छल र कपटको भाबको फूल अमृतमापनि मर्दछ

नलेउ छल कपटको भाब भित्र भित्रै डढाउँछ
आफन्तहरुपनि अन्तमा कता कता हराउँछ
बाँचेपनि त्यसले सुख पाउँदैन यो जुनीमा
मरेपछिपनि त्यल्ले पुनर्जन्म लिन्छ गोहीमा
मरेपछिपनि त्यल्ले पुनर्जन्म लिन्छ गोहीमा।

आफूले आफैंलाई कसरी हेर्ने

आफूले आफैंलाई कसरी हेर्ने थाह छैन मलाई
ऐना हेर्छु दिन दिन सधैं चिन्दिन मलाइ
साथीभाइ भन्छन् के हो तेरो नाम र ठाम
म भन्न सक्तिन फेरि चित्त बुझाउने काम

सहारा कसको कहाँ लिने म आफू चिन्नलाइ
बिषय भोगदेखि टाढारहुँ भने सक्तिन आफूलाई
दुधमा घिउ देखिन्न नमथेसम्म त्यो मदानीमा
चित्त बिषयदेखि पर हुन्न ध्यानबिना हृदयमा

मथे जसरी उभ्रिन्छ नौनी मदानीको ठेकीमा
त्यसरी नै तैरिँदै जान्छ आफ्नो रुप सदा हृदयमा
साराआसा टुटीजाओस इच्छा मनमा कुनै नहोस्
पुछियोस् सब धुलमैलो सफा स्वच्छ सधैं बनोस्

खोलियोस मनको पर्दा छर्लंग सब देखियोस्
त्यसैमा आफनो शरीरकाे दिव्य रुप झल्कियोस्
ज्ञानको ज्योति फैली जाओस चारैतिर वरिपरी
बिश्वरुपको अनुहार झल्किन्छ सबै ऐना भरी

ब्रम्माण्ड हामीमै छ सारा देवी देवताहरु सबै
म र म को हुँ दुवै अगाडि मनमा आउँछन् सबै
बाहिरको आकासबाट भित्र भित्र यदि गयो भने
म भन्ने केही देखिँदैन टुक्रा टुक्रा यदि भयो भने

जोड्दा सब देखिन्छ यदि टुक्रा टुक्रा नगरीकन
इश्वर हाँसी लुकी बस्छ सारा हेरी हेरी कन
साक्षी सबैको भइ बस्छ जुनै काम गरेपनि
हो त्यही हो हाम्रो ब्रम्ह ज्ञानी या जेभएपनि




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *