कविता : ऊ आयो

भूमिका गैरे तिमिल्सिना
१२ वैशाख २०८३ ७:५४

शक्ति अहो युवाको
जोस बडो जाँगर
भेट्न सक्दैन् भो कसै
आँधी बनेर आयो ।

काम नदेखे सम्म
विश्वास गर्न कठिन
जब देख्यो जगले
ताली गुञ्जेर आयो ।

होलान् त्रृटि त केही
नेतृत्व सबल भयो
झिनामसिना सारा
दिशा फेरेर आयो ।

तर्क गर्न सिपालु
प्रविधिमैत्री भयो
सक्षम भएर त हो
खम्बा बनेर आयो ।

खिसिटिउँरी गर्ने
टोलाएका छन् अचेल
एकपछि अर्को नीति
चर्को गरेर आयो ।

बन्द कलकारखाना
खोल्ने ताकमा भयो
उमेर पो तोक्नेलाई
निशाना गरेर आयो ।

सेन्डीकेटको जालो
हो फिँजाउँनेलाई
धड्कन बढ्ने गरी
धक्का मारेर आयो ।

राम्रोलाई यो राम्रो
नभन्ने समाजमा
गुटबन्दीका नीति
फुटाएर ऊ आयो ।

हाम्रो होइन् राम्रोको
गर समर्थन अब
हेर धारा नियाली
चतुर बनेर आयो ।

काँचुली फेर्ला अब
झिनो आशा पलायो
आयो आयो ऊ आयो
हुरी बनेर आयो ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *