रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना

डिसी नेपाल
१७ वैशाख २०८३ १५:५०

रोल्पा । रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटनामा परेको छ। रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जीप रोल्पाको थवाङ गाउँपालिकाको जलजला क्षेत्रमा दुर्घटनामा परेको हो।

जीपमा १८ जना सवार रहेको र घटनाको पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय थवाङले जनाएको छ।

दुर्घटनाग्रस्त क्षेत्रमा भारी वर्षा भइरहेकोले उद्धार कार्यमा कठिनाइ रहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *