गुराँस वन गिरीद्धारा लिखित पुस्तक ‘स्त्री र सम्भोग’ लोकार्पण

डिसी नेपाल
१८ वैशाख २०८३ १५:३८

काठमाडौं। गुराँस वन गिरीद्धारा लिखित सिमल बुक पब्लिकेशनद्धारा प्रकाशित स्त्री र सम्भोग आज लोकार्पण गरिएको छ।
शुक्रबार एक समारोहका बीच पुस्तक स्त्री र सम्भोग लोकार्पण गरिएको हो।

लेखक गिरीले जिवनको उद्देश्य र बोध सम्झाउने बताइन्। ‘यो किताब केवल स्त्री मानसिकताबाट मात्रै चलेको कलम पनि हैन। यो कस्तो किताब हो भने एउटा पिताले आफ्नो छोरीको विवाह गरिदिनुभन्दा अगाडि यो किताबमा समेटिएकी पात्र मञ्जु, समना जस्ता बन्नबाट कसरी रोक्न सक्छ, यसले जिवनको उद्देश्य र बोध सम्झाइदिन्छ,’ उनले भनिन्।

उनले यस कृतिमार्फत नारीहरुको लागि कलम चलाएको भन्दै आगामि दिनमा विवादित भए पनि यस्ता विषयमा कलम चलाउने प्रतिवद्धता व्यक्त गरिन्।

‘चार वर्ष म मृत्युसँग कसरी लडे, हरेक सेकेण्ड, हरेक मिनेट त्यो मृत्युसँग युद्ध चलिरहेको थियो। दुःख पाउनु, संघर्ष गर्नु समान्य रहेछ। बाटोमा काँडाँ छ भने पन्छ्याएर अगाडि बढ्नुपर्छ। खाल्डो छ भने पुर्दै अगाडि बढ्नुपर्छ जिन्दगीमा यो विचार आएको थियो मलाई। म विवादित भए पनि हुन्छु, भन्नेले जे सुकै भन्छन् कलम चै चलाउछु, छोरीहरुको लागि,’ उनले भनिन्।

कार्यक्रममा आख्यानकार एवं लेखन पुस्कर लोहनीले पनि आफ्ना विचार राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *