मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

डिसी नेपाल
१९ वैशाख २०८३ २१:४१

काठमाडौं। प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ। विभिन्न जिल्लामा खटिएको प्रहरी टोलीले झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा, सिन्धुलीलगायत जिल्लाबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो।

झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट एक, अर्जुनधारा नगरपालिका-५ कैलाशघाटबाट एक, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर रोडबाट चार, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक र मेचीनगर-६ गैरीगाउँबाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट दुई, धनगढी उपमहानगरपालिका-१ शिवनगर टिकटक पुलबाट पाँच जना र उदयपुरको त्रियुगा नगरपालिका-६ बाट दुई जना पक्राउ परेका छन्।

त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका-५ बाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहाबाट एक, धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीबाट दुई र सन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट एक जना पक्राउ परेका प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

प्रहरीले विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद रु ११ लाखसहित एक जनालाई पक्राउ गरेको छ। विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीटोलीले चेकजाँचका क्रममा स्रोत नखुलेको नगद रु ११ लाखसहित सुनसरी धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङ पक्राउ गरेको हो।

विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका निजलाई जाँच गर्ने क्रममा झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *