‘मेरो स्कुल’ कृति सार्वजनिक
काठमाडौं । लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ। आज सार्वजनिक गरिएको पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ।
‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
लेखिका खड्काले नयाँ पुस्ताका लागि प्रेरणादायी सन्देश बोकेको यस कृतिले विशेषगरी विद्यार्थी र अभिभावकहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेकी छन्।
उनले लेखन केवल अभिव्यक्तिको माध्यम मात्र नभई समाज परिवर्तनको एउटा महत्त्वपूर्ण साधनसमेत भएकाले आफूले लेखन कार्यलाई निरन्तरता दिने बताइन्।
सल्यान घर भएकी खड्का हाल अमेरिकामा बसेर कर्म गरिरहेकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment