पहिराले अरनिको राजमार्ग अवरुद्ध
काठमाडौं । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।
यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण उक्त राजमार्ग आजसम्म पनि सञ्चालन हुन नसककेको कन्द्रिय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनले भने, ‘बाढीका कारण भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग बैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले स्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अरनिको राजमार्ग भने पूर्ण रुपमा अवरुद्ध छ।’
अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment