भ्वाइस अफ नेपाल फेम्ड गायिका शीतल क्षेत्रीको ‘किन किन’ (भिडियो)

डिसी नेपाल
२० वैशाख २०८३ १२:५८

काठमाडौं। गायिका शीतल क्षेत्रीको नयाँ म्युजिक भिडियो ‘किन किन’ सार्वजनिक भएको छ। प्रेमिल भावको यस गीतमा प्रेममा पर्दा मनमा पैदा हुने तरङ्ग र आफ्नै सौन्दर्यप्रति जागेको आत्मविश्वासलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्। विशेष गरी “किन किन चल्बुले हुन्छ मन” बोलको ‘हुक लाइन’ ले प्रेममा परेको मान्छेको चञ्चल मन र रमाइलो अन्योललाई दुरुस्तै उतारेको छ। गीतको कोरसमा सुवेक्षा बराइलीले साथ दिएकी छन्।

भिडियोमा गायिका शीतल स्वयं मुख्य भूमिकामा देखिएकी छन्। साथै, रोशन विश्वकर्माको अभिनय तथा कोरियोग्राफी पनि आकर्षक देखिन्छ। भिडियोमा शीतलको सौन्दर्यलाई गुलाबको फूल, बादलजस्तो कपाल र मुस्कुराउँदो फूलसँग तुलना गर्दै दृश्यमा काव्यिक रूप दिइएको छ।

निर्देशक अर्जुन तिवारीले भिडियोलाई निकै स्तरीय बनाएका छन्। मनोज खत्रीको छायांकन र दिन्सन शाहको सम्पादन तथा रङ्ग संयोजन ले भिडियोलाई आकर्षक र जीवन्त देखाएको छ।

‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की चर्चित प्रतियोगी समेत रहेकी शीतलको आफ्नै आधिकारिक युट्युब च्यानलबाट भिडियो बजारमा ल्याइएको हो। सार्वजनिक भएसँगै भिडियोले दर्शक र स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *