सगरमाथा आधार शिविर नजिकै शेर्पाको लडेर मृत्यु, शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइयो

डिसी नेपाल
२० वैशाख २०८३ १७:५७

काठमाडौं। सगरमाथा आधार शिविर नजिकै सेभेन समिटसँग आवद्ध गाइड लाक्पा डेन्डी शेर्पाको आइतबार निधन भएको छ।

सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार करिब १२ बजे आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

शेर्पा विगत लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय रहँदै आएका थिए। सेभेन समिटमार्फत विभिन्न आरोहण अभियानमा संलग्न थिए।

मृतक शेर्पाको शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *