करेन्ट लागेर महिलाको मृत्यु
विराटनगर। आफ्नै घरको कलमा करेन्ट लाग्दा मोरङको सुनवर्षी नगरपालिका–९ महतो टोलमा सोमबार दिउँसो एक जना महिलाको मृत्यु भएको छ।
मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले करेन्ट लागेर ५० वर्षीया मंगलीदेवी मेहताको मृत्यु भएको बताए। उनका अनुसार आफ्नै घरको कलमा जोडेको मोटरबाट ‘बिजुली लिक’ भएर दिउँसो १२ः५० बजेतिर मेहतालाई करेन्ट लागेको ज्यान गएको हो।
बायाँ हातमा अचानक करेन्ट लागेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment