दल नेता फेर्ने विवाद चर्किँदा ओलीको सक्रियता: सुदूरपश्चिमका सांसदहरूसँग निर्णायक छलफल
काठमाडाैं। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर विवाद चर्किएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सक्रियता देखाएका छन्।
दलको नेता फेर्ने कसरतमा लागेका सुदूरपश्चिमका सांसदहरूलाई छलफलका लागि अध्यक्ष ओलीले भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बोलाएर छलफल गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमालेका ११ जना सांसदहरू नेतृत्वको विषयमा छलफल गर्न अहिले गुण्डु पुगेका छन्। एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा हाल राजेन्द्र रावल रहेका छन्।
तर, केही समयदेखि उनलाई हटाएर नयाँ नेता चयन गर्नुपर्ने माग राख्दै सांसदहरूले आन्तरिक छलफल र दबाब बढाउँदै लगेका थिए।
संसदीय दलभित्रको यो किचलोले पार्टीको प्रदेश संरचनामा नै असर पर्न सक्ने देखिएपछि अध्यक्ष ओलीले उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्न लागेकाे उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार अध्यक्ष ओलीले सांसदहरूका असन्तुष्टि सुन्ने र पार्टीको आन्तरिक एकता कायम राख्न निर्देशन दिने बुझिएको छ।
सुदूरपश्चिमको यो विवादले केन्द्रीय राजनीति र प्रदेश सरकारको समीकरणमा समेत प्रभाव पार्न सक्ने भएकाले यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।







डिसी नेपाल







Facebook Comment