कीर्तिपुर साथीको हत्या प्रकरण : तीन जना पक्राउ
काठमाडौं । कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भइ कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामीलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले गुल्मीको धुर्कोट गाउँपालिका घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए।
उनीहरू साथी रहेको र आपसमा विवाद हुँदा घटनाले हत्याको रुप लिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment