कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ।
प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बुधबार बसेको बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ आयोजना गर्ने निर्णय गरेको हो। भेलाका लागि मिति र स्थानसमेत तय गरिएको छ।
यस्तै, बैठकले प्रतिष्ठानको रिक्त उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ।
यस्तो छ कार्यक्रम तालिका
सुदूरपश्चिम प्रदेश: २०८३ बैशाख २६ र २७ गते (धनगढी, कैलाली)
कर्णाली प्रदेश: २०८३ बैशाख २८ र २९ गते (लेकवेसी, सुर्खेत)
गण्डकी प्रदेश: २०८३ बैशाख ३१ र जेठ १ गते (पोखरा, कास्की)
बागमती प्रदेश: २०८३ जेठ ४ र ५ गते (धुलिखेल, काभ्रेपलाञ्चोक)
मधेस प्रदेश: २०८३ जेठ ६ र ७ गते (बर्दिबास, महोत्तरी)
कोशी प्रदेश: २०८३ जेठ ८ र ९ गते (लौकी, सुनसरी)
लुम्बिनी प्रदेश: २०८३ जेठ १४ र १५ गते (तिलोत्तमा, रुपन्देही)







डिसी नेपाल







Facebook Comment