सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री, दुई लाख जरिबाना

डिसी नेपाल
२३ वैशाख २०८३ १९:००

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री गरिएको पाइएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गरेको आकस्मिक बजार अनुगमन क्रममा ‘हाम्रो खाजा घर’ चमेनागृहले म्याद गुज्रिएको दही बिक्री गरेको पाइएको हो।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै म्याद गुज्रिएको दही बेच्नेको भन्दै उक्त खाजा घरलाई दुई लाख पाँच हजार रुपैयाँ जरिबाना तिराइएको छ।

अनुगमन टोलीले काठमाडौं महानगरपालिका–११ स्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेनागृहमा पनि कैफियत फेला परेको जनाएको छ।

उक्त चमेनागृहले बिक्रीका लागि राखेको दहीको उपभोग्य मिति समाप्त भइसकेको पाइएपछि तत्काल कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

यस्तै विभागले म्याद गुज्रिएको दही उत्पादन गर्ने श्रीकृष्ण डेरी फर्मलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ। विभागले उक्त डेरी सञ्चालकलाई तीन दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र र दही बिक्री गरेको बिलसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *