बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा काठमाडौंबाट पक्राउ
काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ।
तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको कार्कीले जानकारी दिए।
कन्दङवाको चेक अनादर मुद्दामा जम्मा बिगो रकम ४० लाख रुपैयाँ रहेको र उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment