विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज प्राधिकरणका उपकार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेका हुन्।
सरकारले ल्याएको अध्यादेशबाट कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य पदमुक्त हुनु भएपछि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment