बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा
मकवानपुर । बागमती प्रदेश सरकारले बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही बैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयन भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते ‘भाषा दिवस’ मनाइँदै आएको छ। यही अवसरमा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालय बन्द रहनेछन्।
बागमती प्रदेश सरकारले २०८० वैशाख २४ गतेदेखि सरकारी कामकाजमा हुने भाषासम्बन्धी ऐन लागू गरेको थियो। उक्त दिनलाई संस्थागत गर्दै प्रदेश सरकारले वार्षिक क्यालेन्डरमै सार्वजनिक बिदाको रूपमा समावेश गर्दै आएको छ।
हाल बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिँदै आएको छ।







डिसी नेपाल







Facebook Comment