अमेरिकन बेसक्याम्प र नेपालको सुकुम्बासी समस्या

पूर्ण ओली
२४ वैशाख २०८३ १०:३९

अमेरिकन बेस क्याम्प मध्यपूर्वदेखि संसारभर छरिएर राखिएको पाइयो। ती देशको सुरक्षाको जिम्मा अमेरिकाले लिन्छ भन्दै सम्पूर्ण सुरक्षा खर्च तीनै देशलाई जिम्मा दिएर राखिएका अमेरिकन सैनिकका बेस क्याम्प अहिले तीनै देशलाई घाँडो भएका छन्।

अमेरिकन बेस क्याम्प हटाउँदा इरानले एकै रातमा कब्जा गर्ला भन्ने डर छ। बेस क्याम्प नहटाउँदा जहिलेपनि इरानी ड्रोनको हमला हुने डर भएको छ। शायद क्रमस अमेरिकन बेस क्याम्प हट्न सुरु गर्नेछन्।

यता नेपालको सुकुम्बासी समस्या पनि कहिले नसकिने समस्या रहेछ। पहिला झापा तिर झोडामा जंगल फाँडेर पहाडबाट अनिकाल परेर आएका मानिसलाई सुकुम्बासीको नाममा राखिएको थाहा छ।

त्यतिबेला पनि प्रधानमन्त्रीका नजिकका नेतालाई चुनाब खर्च उठ्छ भनी सुकुम्बासी आयोगको अधक्ष्य बनाएर पठाइन्थ्यो। जसले पछि गएर चुनाब लडेको पनि देखियो।

अर्कोतर्फ सुदूर पश्चिममा महाकाली अंचलको कन्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्ष बिस्तार गर्दा धेरै मानिस हटाएर पछि जग्गा सोधभर्ना दिने भनिएपनि अहिलेसम्म कतिपय मानिसहरु सुकुम्बासी भएर जंगल फाँडेर या सरकारी जग्गामा बसेकै छन्।

जब ब्यबस्था बदलिन्छ त्यतिबेला दलका नेताले गरिब सोझा साझा जनतालाई हाम्रो सरकार आएमा हामी लालपुर्जा सहित जग्गा मिलाइदिन्छौं भनि उनीहरुलाई जंगल फांडेर बसाएर भोट बैंक बनाउन सबै दल लागे।

अहिले धेरैजसो सुकुम्बासी राजधानी आएर खालि जग्गा र नदीका किनारमा बस्न थाले। माओबादी शान्ति वार्तामा आएपछि उ सँगै आएका गाउँका गरिब जनता सुकुम्बासी भएका पनि धेरै छन्।

यता कपनको सात तले छेउमा धोबी खोला छेउमा बहुदल ब्यबस्था आइसकेपछि हालको बुढानिलकण्ठ वार्ड नम्बर १० मा भएको ऐलानी ६ रोपनी खाली जग्गामा केही मानिसले बाँस गाडेर छाप्रो बनाउन थालेका हुन्।

आफ्नो घर पनि यसैको नजिक भएकोले मैले सुरुमै केही साथीहरुलाई यो ऐलानी जग्गामा सुकुम्बासीको नाममा सबै हुने खानेले छाप्रो बनाउन भन्दा यसलाई खुला राखी पार्क बनाउँदा पछिलाई समेत राम्रो हुन्छ भनी केही छिमेकी साथीसँग कुरा गरें।

पछि बुझ्दा केही टाठा बाठा छिमेकी जो गाउँमा पनि राजनीति गरेर आएका काइते किसिमका मानिसहरुले समेत बाँस गाडेको बुझिए पछि यसलाई रोक्न सकिएन।

जब निर्बाचन आउँछ दलका उम्मेद्वारले उनीहरुलाई आफूलाई भोट हालेमा लालपुर्जा दिलाइ दिन्छौं भनी भोट बैंक नै बनाएको बुझियो। त्यतिबेला कपनमा एमालेको स्थानीय निकाय प्रमुख थिए। अहिले पनि उनै छन्।

जे होस् पुराना दलले जनतालाई झुटा आश्वासन दिएर नक्कली सुकुम्बासी बनाएर खालि जमिन, नदीको किनारमा बस्ने गरी अब्यबस्थीत घर छाप्रा बनाउन प्रोत्साहन गरे।

त्यस बाहेक आफ्ना भातृ संगठनहरुलाई ट्रेड युनियन बनाएर उनीहरुलाई सरकारी जग्गामा घर बनाएर भाडा उठाएर खाएका पनि देखिए। यो काठमाडाैं उपत्यकाको महत्वपूर्ण जमिनदेखि पोखरा महानगरपालिकालगायत बिभिन्न शहरमा समेत सरकारी सम्पतिको चरम दुरुपयोग गरेको देखियो।

त्यस्तै दलका ब्यापारी साझेदारलाई राज्यका महत्वपूर्ण संरचना जमिन अत्यन्त सस्तो दरमा लामो समयको लागि लिजमा समेत दिएका छन्। यसबाट शिर्फ दलका नेता र ती ब्यापारी मात्र लाभान्वीत भइरहेका छन्। तर देश र जनता प्रतेक दिन खोक्रो र अब्यबस्थित भइरहेका छन्।

यदि यसपालिको निर्वाचनमा पुराना दललाई पाखा नलगाएको भए हाम्रो देश अत्यन्तै अब्यबस्थित भएर युवा विहीन हुनसक्थ्यो। तर जनताको सही सुझबुझ र पुराना दलबाट वाक्क दिक्क भएका जनताले नयाँ दल रास्वपालाई जिताएर बालेन्द्र शाहलाई प्रधानमन्त्री बन्ने अबसर दिएका छन्।

अब सरकारले चाहेअनुसार सबै अध्यादेश राष्ट्रपतिबाट पास भइसकेपछि सरकारले चाहेअनुसार सुशासनसहित बिकासको गति अघि बढ्ने संभावना देखिन्छ। सरकारले कर्मचारी शिक्षक र विद्यार्थीलाई राजनीतिबाट बाहिर राखेर उनीहरुको आफ्नो कर्तब्य पूरा गर्नपट्टी लागेमा अबश्य पनि देश सुध्रिनसक्छ।

अझैपनि बिद्यार्थीहरु पुरानै दलको निर्देशनअनुसार दलका भात्री संगठन यथावत राखेर फेरिपनि हडताल जुलुस, तालाबन्दी, भिसी, रेक्टर तथा रजिष्ट्रारको कोठामा तालाबन्दी गर्न चाहेका देखिन्छन्।

यसको अलाबा कुनैपनि निर्माणकार्यबाट कमिसन लिने अनि परीक्षामा नक्कलि परिक्षर्थी खडा गेरर परीक्षामा पास गर्ने सोच हुनसक्छ। बिदेशतिर कुनैपनि विद्यार्थीले आफ्नो पढाइभन्दा अन्यत्र ध्यान दिँदैनन्। बरु मिलेमा पार्ट टाइम जब गरेर पढाइलाई अगाडि बढाउन चाहन्छन्।

बालेन सरकारको सही अडानलाई कायम राख्तै भारतसँगको सिमाना बिवाद मिलाउन सफल भए र खुला सिमाना नियमित गर्नेतर्फ भारतसँग गहन वार्ता गरेर अघि बढे नेपालको दीर्घकालीन हित हुनसक्छ।

जबसम्म नेपाल र भारतबीचको खुला सिमाना कायम हुन्छ तबसम्म खुला सिमानाबाट तस्कर, अबैध कारोबार, नक्कली नोठको कारोबार, हतियार बिष्फोटक पदार्थ साथै अपराधीको ओसार पसार तथा ओाहोर दोहोर रोकिने छैन। तबसम्म नेपाल सुरक्षित हुन सक्तैन। यदि खुला सिमाना नियन्त्रण मात्र हुने हो भने यी सबै बिकृति रोकिने मात्र होइन अरबौको राजस्व बढ्ने छ बालेन सरकार।

अर्को प्रमुख बिषय नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनैपर्छ। जसबाट अरबौंको ब्यापार घाटा घट्ने छ। भारतले नाकाबन्दी गरिहालेमा नेपाली भोकै मर्दैनन्। खाद्यान्नका लागि सिचाइमा पहाड मधेश सबैतिर अभियान चलाउनु पर्छ, मल कारखाना खोल्नुपर्छ, बिउ तथा प्रबिधि स्थानीय तहसम्म् पुर्‍याउने। साथै उत्पादित खाद्यान्न बजारसम्म पुर्‍याउन सहयोग स्थानीय तहले समन्वय गर्ने नीति पास गर्नैपर्छ।

शिक्षा र स्वास्थ्य गुणस्तरिय बनाएर प्रतेक वडासम्म स्वास्थय चौकी बनाएर डक्टर नर्स र निसुल्क औषधिको ब्यबस्था गरे जनता गाउँ फर्कनेछन्। हाइस्कुल तहमा प्राबिधिक शिक्षा अनिबार्य गरियोस्।

जसले गर्दा युवाहरु स्वदेशमै रोजगार बन्न सक्छन्। जडिबुटी उद्योगसँगै गाँजा खेतीलाई बैधता प्रदान गरियोस्। यसबाट किसानको जिवनस्तर सुध्रिने छ। अरबौं डलर बिदेशबाट आउने छ। तर नीति नियम कढा बनाएर, कढाइका साथ पालन गर्नुपर्छ।

अहिले तुरुन्त गरिने कार्यमा युवाहरुलाई बिदेश जान रोक्न प्रत्येक वडासम्म पुगेर बिज्ञ र क्षमतावान मानिसहरु गएर युवालाई अभिमुखि तालिम संचालन गरियोस्। जसबाट उनीहरुले गाउँ मै केही आयमुलक ब्याबसाय गर्न सकुन्। उनीहरुले बिदेश जाँदा गरिने खर्च कुनै ब्यबसायमा लगाउन्।

यो कार्य जतिसक्तो छिटो सुरु गर्नुपर्छ। युवाहरुको हातमा पासपोट होइन शिप सिकाउ जसबाट उनीहरु रोजगार बनुुन्। श्रम गर्ने ब्यक्ति कमी भएर अहिले इण्डियाबाट लाखौ शिप भएका युवाहरु काठमाडाैंलगायत अधिराज्यभरमा बिभिन्न काम गरिरहेका छन्।

अर्को अत्यन्त महत्वपूर्ण तर समय लाग्न सक्छ। तराइमा बग्ने फराकिला नदीमा क्रमस तटबन्ध बनाउन सुरु गरियोस्। मजबुतसँग बनाइएको तटबन्धसँगै बाँस घाँस अमृसो पनि लगाउने नीति बनाइयोस्। यसबाट लाखौं बिघा उर्बरा भूमी निस्कनेछ।

उक्त जग्गा भूमिहीन सुकुम्बासीलाई बितरण गर्न सकिन्छ। जहाँ उनीहरुले आफ्नो घर बनाएर खेतिपाती गर्न सक्छन्। बाँकी जग्गा उद्योग खोल्न लिजमा दिन सकिन्छ।

यो शिर्फ सरकारले सुरु गरोस् समय लागेपनि यो दीर्घकालीन् देशको हितमा हुनेछ। यसबाट नदी कटान रोकिने र हाम्रो उर्बरा माटो प्रत्येक वर्ष बाढिले बगाएर भारतको समुद्रमा टापु बन्ने काम रोकिन्छ।

अहिले रवि-बालेनबाट जनताको ठूलो अपेक्षा छ। यो क्रमस जनताको चाहना पूरा हुँदै जावस्। यसपालीको बजेट भाषणबाट प्रधानमन्त्री बालेन देश हितमा महत्वपूर्ण बिचार र देश हितमा कार्यक्रम ल्याउन र समयमा कार्यन्वयन होउन्।

बिगतका सरकारका जस्ता झुटा आश्वासन अब कहिल्यै नआउन्। त्यसैले संसारभरका अशान्तिका जड भएका अमेरिकन बेस क्याम्प हट्न कठिन भएपनि नेपालको सुकुम्बासी समस्या या अब्यबस्थित बसोबास संधैको लागि समाप्त होस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *