वीर अस्पताल निमित्त निर्देशकको जिम्मेवारी प्रा. डा. प्रभा कोइरालालाई
काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्रा. डा. प्रभा कोइरालालाई दिइएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मुटुरोग विशेषज्ञ प्रा. डा. कोइरालालाई निमित्त निर्देशकको जिम्मेवारी दिएकी हुन्।
गत मंगलबार वीरका निर्देशक रहेका डा. दिलिप शर्माले स्वास्थ्य मन्त्री मेहता समक्ष राजिनामा बुझाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment