मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा महत्त्वपूर्ण निर्णय हुने सम्भावना

डिसी नेपाल
२५ वैशाख २०८३ १०:२०

काठमाडौं। मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रशासनिक कार्यसम्पादनका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। आज बिहान ठिक ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो।

नियमित प्रक्रियाअनुसार बस्न लागेको यस बैठकमा विभिन्न मन्त्रालयहरूबाट आएका प्रस्तावहरूमाथि गहन छलफल हुने र आवश्यक प्रशासनिक तथा राजनीतिक निर्णयहरू लिइने तयारी गरिएको छ।

विशेषगरी मुलुकको पछिल्लो आर्थिक अवस्था, विकास निर्माणका आयोजनामा देखिएका अड्चन र सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त बनाउने विषयमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने बताइएकाे छ।

बैठकमा केही महत्त्वपूर्ण नियुक्ति, कर्मचारी प्रशासनका फेरबदल तथा वैदेशिक भ्रमणका प्रस्तावहरूमाथि पनि छलफल गरी निर्णय प्रमाणीकरण गरिने कार्यसूची रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने यस बैठकले लिने निर्णयहरूलाई सरकारका प्रवक्तामार्फत सार्वजनिक गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *