कविताः आखाहरु रोए छन् आज किन?
आखाहरू एक्लै एक्लै रोएछन् आज किन
मनहरू एकान्तमात्र रोज्छन् आज किन
आफैंलाई बुझाउन फेरि यत्ति साह्रो आज किन
लगिदेउन हे बतास यो खबर आकास सम्म
आखाँहरु एक्लै एक्लै रोए छन् आज किन।
आफ्नै मन आफैंसँग रुन्छ घरिघरि आज किन
आफ्नै मनदेखि आफैं डराउँछु घरिघरिआज किन
आफ्नै मन आफैंलाई रुवाँउछ घरिघरि आज किन
लगिदेउन हे बतास यो खवर आकास सम्म
आखाँहरु एक्लै एक्लै रोएछन आज किन।
आफैंलाई खोज्दा खोज्दै आफैंलाई हराँएछु
आफ्नाहरुलाई मिलाउँदैमा आफैलाई बिगारेँछु
ब्यथाहरुमा लुटपुटिएर आँखाहरु रसाँउछन्
लगिदेउन हे बतास यो खवर आकास सम्म
आखाँहरु एक्लै एक्लै रोएछन् आज किन।
घरिघरि दुख्छ मन आफ्नै कथाहरु देख्दा
बिथोलिन्छ मन फेरि दुखाइरहन्छ आफैलाई
रोइरहन्छु भित्र भित्र आखाहरुलाई भुलाइरहन्छु
लगिदेउन हे बतास यो खवर आकास सम्म
आखाँहरु एक्लै एक्लै रोएछन आज किन।
कसलाई फेरि आफ्नो भन्नु सबैलाई उस्तै देख्छु
कस्लाई फेरि मन देखाउनु सबैलाई उस्तै देख्छु
कहाँ लगेर टाउको राख्नु सबैलाई भारी देख्छु
लगिदेउन हे बतास यो खवर आकास सम्म
आखाहरु एक्लै एक्लै रोएछन् आज किन।
No ads found for this position


Facebook Comment