सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोधमा थाल र चम्चा जुलुस, माइतीघरमा प्रदर्शन

डिसी नेपाल
२५ वैशाख २०८३ १४:३३

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाएर उठीबास लगाएको विरोधमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

संयुक्त सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा भेला भएका प्रदर्शनकारीहरूले हातमा थाल र चम्चा बोकेर सरकारको कदमको विरोध गरेका हुन्।

आफूहरूलाई कुनै विकल्प नदिई क्रूरतापूर्वक घरटहरा भत्काइएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। गत वैशाख १२ गतेदेखि सुरु भएको बस्ती हटाउने अभियानका क्रममा हालसम्म थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, वंशीघाट, देवीनगर, स्वयम्भू, गोंगबु र कपन क्षेत्रका सुकुम्बासी बस्तीहरूमा डोजर चलाइसकिएको छ।

बिना पूर्वतयारी र विकल्प जबर्जस्ती हटाइँदा आफूहरू बिचल्लीमा परेको भन्दै सुकुम्बासीहरूले उचित व्यवस्थापन र न्यायको माग गर्दै प्रदर्शनलाई तीव्र पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *