सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।
सप्तरीको कञ्चनरूप नगरपालिका-६ परेमारा चोकस्थित सडकमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको बा.प्र.०२-०५९ प ८७९८ नम्बरको मोटरसाइकलले ठेलागाडालाई ठक्कर दिई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तकोशी नगरपालिका-१ फतेपुर बस्ने ४५ वर्षीय राजन पोखरेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ठेलागाडा चालक र मोटरसाइकलमा सवार १ जनाको प्राईम अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपही चोकस्थित सडकमा बा.प्र-०१-०३१ च ९०६३ नम्बरको स्कारपियोले अन टेष्ट लेखिएको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३० वर्षीया पुनम साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित सडकमा ना.७ ख ८६२१ नम्बरको टिपरले लु.४१ प ९२३७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका-१० बस्ने ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सल्यानको दार्मा गाउँपालिका-२ भुसखोलास्थित सडकमा फारूल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा.१ त ४४९५ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १७ वर्षीय प्रदिप विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको थुम्के सल्ली स्वास्थ्य चौकी दार्मामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने अन्य १ जनालाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment