बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै

डिसी नेपाल
२७ वैशाख २०८३ २०:२२

गण्डकी। बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँच वटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ। बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने समस्या देखिएपछि सङ्घीय बजेटबाट करिब रु ६० लाखको लागतमा मर्मत गर्न लागिएको हो।

बेगनास सिँचाइ प्रणाली मूल उपभोक्ता समितिका अध्यक्ष राजुु खत्रीले यस सिँचाइ प्रणालीअन्तर्गत यहाँका करिब एक हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिरहेको जानकारी दिए। नहरको मर्मतसम्भारका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै उहाँले अघिल्लो वर्ष बजेट प्राप्त नभएको बताए।

पाँचवटै शाखाअन्तर्गतका नहरबाट ढुुङ्गेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको छ। यो प्रणाली सञ्चालनमा आएपछि यस क्षेत्रमा वर्षातसँगै हिउँदको समयमा खेती गर्न सकिने गरी सिँचाइ पुगेको बेगनास सिँचाइ प्रणाली शाखाका-२ का अध्यक्ष शिबबहादुर थापाले बताए। सहज सिँचाइ सुविधा पुगेकाले किसानलाई सहज हुनुका साथै उत्पादनमा महत्वपूर्ण टेवा पुगिरहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *