सडेगलेको अवस्थामा शव फेला

डिसी नेपाल
२७ वैशाख २०८३ २१:४५

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको गोडैता नगरपालिका-६ स्थित बग्दह चिनिमिल नजिक हुलाकी सडक खण्डको छेउमा आइतबार साँझ करिब साढे ४ बजे अन्दाजी ४०/४५ वर्षका पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयबाट सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट गएको टोली त्यसतर्फ गएको थियो। प्रारम्भिक अनुसन्धानमा मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको नेतृत्वमा टोलीसमेत घटनास्थलतर्फ खटिएको छ।

उक्त स्थान प्रहरी चौकी गोडैताबाट करिब ४ किलोमिटर दक्षिणतर्फ पर्छ। शवको पहिचान खुलाउने तथा घटनाको वास्तविकता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *