प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद बैठक आह्वान

डिसी नेपाल
२८ वैशाख २०८३ १०:२२

काठमाडाैं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।

अहिले साढे दश बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा तय गरिएको यस बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रशासनिक निर्णयहरू र जनसरोकारका विविध विषयमा छलफल हुने बताइएकाे छ।

बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि विचार–विमर्श गरी आवश्यक निर्णय लिइने कार्यसूची रहेको छ। नियमित प्रक्रियाअन्तर्गत बस्न लागेको यस बैठकमा सरकारका नीतिगत प्राथमिकता र आगामी योजनाका बारेमा समेत मन्त्रीहरूसँग प्रधानमन्त्रीले परामर्श गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *