सफा अस्पताल, स्वस्थ नागरिक: स्वास्थ्यमन्त्रीको हातमा कुचो (तस्बिर)
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सोमबार बिहान देशकै जेठो अस्पताल वीर अस्पतालको आकस्मिक निरीक्षणका साथै सरसफाइ अभियानमा प्रत्यक्ष सहभागी भएकी छन्।
अस्पतालको सेवा प्रवाह र वातावरणीय स्वच्छताको अवस्था बुझ्न पुगेकी मन्त्री मेहताले अस्पताल परिसरका विभिन्न स्थानमा थुप्रिएका निर्माण सामग्रीका अवशेष र फोहोर आफैंले हटाएकी थिइन्।
पचारिक कार्यक्रमको तामझाम बिना नै अस्पताल पुग्नुभएकी मन्त्री मेहताले पञ्जा र मास्क लगाएर भुइँमा छरिएका ढुंगा, इँटाका टुक्रा र फोहोर सोहोरेकी थिइन्। उनलाई मन्त्रालयका उच्च अधिकारी र अस्पतालका कर्मचारीहरूले पनि साथ दिएका थिए।
मन्त्री आफैं कुचो बोकेर सरसफाइमा उत्रिएपछि अस्पतालमा उपचारका लागि आएका बिरामी र तिनका आफन्तहरूले आश्चर्य र खुसी व्यक्त गरेका थिए।
सरसफाइ पश्चात् संक्षिप्त कुराकानी गर्दै मन्त्री मेहताले भनिन्, “अस्पताल भनेको बिरामी निको हुने मन्दिर हो, यहाँको वातावरण स्वच्छ हुनु अनिवार्य छ। कर्मचारी र प्रशासनले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ, हामीले केवल नीति बनाएर हुँदैन, काम गरेरै देखाउनुपर्छ।”

















डिसी नेपाल







Facebook Comment