लालीबजार फिल्मलाई मुद्दा हाल्ने रोशनी वादी प्रहरी नियन्त्रणमा

डिसी नेपाल
३० वैशाख २०८३ १३:४५

काठमाडौँ । सर्वोच्च अदालतको इजलासभित्रै हुलहुज्जत गर्न खोजेपछि वादी समुदायकी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा अमर्यादित व्यवहार देखाएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। फिल्म ‘लालीबजार’ ले आफ्नो समुदायको मानमर्दन गरेको भन्दै प्रदर्शन रोक्न माग गरी रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा आज भएको उक्त मुद्दाको सुनुवाइपछि आदेश आउन भने बाँकी छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *