श्रीमान‍्बाटै श्रीमतीको हत्या

डिसी नेपाल
३० वैशाख २०८३ १९:५०

दाङ । गुल्मी प्रहरीले कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।

इस्मा गाउँपालिका–६ अम्मरपुरका ४५ वर्षीय थमनबहादुर कुमाल पक्राउ परेका हुन्।

कुमालले मदिरा सेवनपछि आफ्नी ४३ वर्षीया श्रीमती सुमित्रा कुमालको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गंगाबहादुर सारूले बताए।

श्रीमानको कुटपिटबाट श्रीमतीको अनुहार, घाँटीमा गम्भीर चोटपटक लागेको थियो। आक्रमणबाट सुमित्राका ७ वटा करङ भाँचिएको चिकित्सकले बताएका थिए।

मंगलबार बेलुकी दुबै जनाले मदिरा सेवन गरेपछि आपसमा झगडा गरेका थिए।

झगडाका क्रममा थमनले श्रीमतीलाई लाठी लगायतले निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *