श्रम संस्कृतिमा किराती समूहलाई तीन पदाधिकारी
काठमाडौं । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्। नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन्।
सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने सो पार्टी सचिव टीकाराम राईले जानकारी दिए। उनका अनुसार पार्टीले जनजीविकाको सवाललाई सशक्तरूपमा अगाडि बढाउँदै लैजानेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment