प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ
काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाको सचिव प्रकाश अधिकारीले शपथ लिएका छन्।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए।
विहीबार सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले सचिव अधिकारीलाई शपथ गराएका हुन्।
अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment