शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि सिफारिस समिति गठन

डिसी नेपाल
३१ वैशाख २०८३ १६:४१

काठमाडाैं। शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाउन तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) को बैठकले सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा जयराज अवस्थीको संयोजकत्वमा उक्त समिति निर्माण गर्ने निर्णय गरेको हो।

समितिको सदस्यहरूमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहेका छन्।

यो समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन २०८२ को व्यवस्था बमोजिम गठन गरिएको विश्वविद्यालयले जनाएको छ। सोही बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी छ जना नयाँ सिनेट सदस्यहरूको समेत मनोनयन गरेको छ।

जसमा विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र र समाजशास्त्र क्षेत्रबाट दुई महिलासहितका विशिष्ट व्यक्तित्वहरूलाई समावेश गरिएको छ।

यसका साथै बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर आफ्नो जिम्मेवारी पूरा गरेका सम्पूर्ण सदस्यहरूलाई उनीहरूको योगदानका लागि धन्यवाद समेत ज्ञापन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *