प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षीको बहिष्कारबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
काठमाडौ, ३० वैशाख । प्रतिनिधसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलपछि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौं । प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। बिहीबार विपक्षीको बहिष्कार र प्रमुख प्रतिपक्षी दलको अवरोधबीच नीति तथा कार्यक्रम पारित भएको हो।
अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिँदा विपक्षी दलले बहिष्कार गर्नुका साथै प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको हो।
बिहीबार नै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको छ।







डिसी नेपाल







Facebook Comment