नेकपा एमालेको सचिवालय बैठक स्थगित, आगामी सोमबार बस्ने
काठमाडाैं। काठमाडौं सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) को आजका लागि तय भएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। आज बस्ने भनिएको उक्त महत्वपूर्ण बैठक आगामी सोमबारका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
कार्यालय सचिव डा. अधिकारीका अनुसार आइतबार परेको मदन-आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले शनिबारको बैठक स्थगित गरी सोमबारका लागि सारिएको हो।
एमालेले जेठ ३ गते (भोलि) आफ्ना तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ। सोही राष्ट्रिय दिवसको व्यवस्थापन र तयारीमा नेताहरू व्यस्त हुनुपरेकाले बैठकको समय तालिका परिवर्तन गरिएको पार्टी कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment