‘राष्ट्रलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण’
फाईल तस्बिर
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्।
अध्यक्ष दाहालले समाजलाई अनुशासित र मर्यादित बनाउन पनि खेलकुद क्षेत्रको भूमिका विश्वव्यापी रुपमै बढ्दै गएको पनि स्पष्ट पारे।
बुधबार काठमाडौंमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले केही वर्षयता नेपालमा पनि खेलकुद क्षेत्रमा राम्रो सुधार र प्रगति हुँदै आएकोमा सन्तुष्टि पनि व्यक्त गरे।
‘नेपालमा पनि केही वर्षयता खेलकुद क्षेत्रमा निकै राम्रो सुधार र प्रगति हुँदै आएको छ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘देश भित्र र देश बाहिर हुने यस्ता खालका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट धेरै खुसी भएको छु ।’
अध्यक्ष दाहालले निकट भविष्यमै नेपालमा आयोजना हुने १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले तीव्रता दिईरहेको उल्लेख गर्दै सफल हुने विश्वास पनि व्यक्त गरे।
अध्यक्ष दाहालले खेलकुद क्षेत्रले राष्ट्रको पहिचान, सभ्यता र संस्कारलाई चिनाउन तथा राष्ट्रहरुबीचको भाईचारा सम्बन्ध वृद्धि गर्न पनि ठूलो रणनीतिक भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment